काठमाडौँ । भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार भएका छन् । अमेरिकाले भारतबाट आयात हुने वस्तुमा ५० प्रतिशत अतिरिक्त कर घोषणा गरेसँगै भारतीय लगानीकर्ता नेपालमा आउन तयार देखिएका छन् ।भारतीय लगानीकर्ता नेपालमा तयारी पोशाकको क्षेत्रमा उद्योग स्थापना गर्न तयार भएको नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले जानकारी दिएकी छन् ।उनले अमेरिकाले आयातमा ५० प्रतिशत अतिरिक्त कर घोषणा गरेसँगै भारतका केही लगानीकर्ता लगानी गर्न तयार देखिएको बताइन् ।
उनले भनिन्,‘ बोडियागाया व्यापार शिखर सम्मेलन र नेपाल भारत संयुक्त व्यापार बैठकको बारेमा छलफल भइरहेको छ । उक्त बैठकमा नेपाल–भारत संयुक्त बिजनेस फोरमको बैठक गर्ने सहमति भएको छ। सीआईआईले केही लगानीकर्ताहरू पनि ल्याउनेछ ।राणा यति बेला नयाँ दिल्लीमा व्यवसायीक छलफलमा रहेको बताइन । उनले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासहित भारतीय उद्योग परिसंघका प्रतिनिधिसँग छलफल भएको जानकारी दिइन् । उनका अनुसार व्यवसायीहरूसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच बोधगया हुने भेटवार्ताका अवसरमा दुवैतर्फको निजी क्षेत्रले छलफल गर्ने सहमति भएको छ ।





