प्रधानमन्त्री ओलीले म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बताए।
कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागिपरेको बताए।
पचहत्तर वर्षअघि फान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलिदिएको स्मरण गर्दै उनले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको योगदानको प्रशंसा गरे। प्रधानमन्त्रीले भने, “मौरिसले लेखेको अन्नपूर्ण पुस्तकले नेपाल र यहाँका हिमाललाई विश्वमा चिनाउन योगदान गरेको छ।”
सन् १९५० जुन ३ मा आरोही हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण आरोहण गरे।
हीरक महोत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा उपस्थित थिए।





