काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले नेपाल आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । उत्पीडित सबै सांस्कृतिक राष्ट्रहरू, युवा, महिला र सीमान्तकृत समुदायलाई एउटै राजनीतिक प्लेटफर्ममा सङ्गठित गर्दै, संवैधानिक पुनर्लेखन र राज्य पुनर्संरचनाको लागि चुनावमा जाने निर्णय गरेको सो पाटीका प्रवक्ता रविन्द्र कुमार श्रेष्ठले बताए ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी क्रान्तिले खोलेको शक्ति शून्यतालाई स्वदेशवादी वैकल्पिक शक्तिको रूपमा परिणत गर्ने यो हाम्रो ऐतिहासिक दायित्व हो । त्यसैले राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने प्रयोजनको निम्ति निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । आफूहरूको लक्ष्य केवल सत्तामा पुग्ने होइन, बरु चुनावपछि औपनिवेशिक मानसिकता, एकल राष्ट्रियता र भ्रष्ट संरचनालाई विस्थापन गरी आफ्नाे सभ्यता, बहुल सांस्कृतिक पहिचानमा आधारित सङ्घीय संरचना, सुशासन र आर्थिक समृद्धिको नयाँ मोडल स्थापना गर्ने दाबी विज्ञप्तिमा गरिएको छ ।





