नेपालगन्ज : स्वास्थ्य परीक्षणका लागि विशेष सुविधा सहित सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता भएको छ । सुर्खेती समाज बाँकेमा आवद्ध सदस्यहरूलाई हस्पिटलले १० देखि ५० प्रतिशतसम्म छुटको सुविधा प्रदान गर्ने सम्झौता भएको समाजका अध्यक्ष राजाराम सुवेदिले बताए ।
हस्पिटलका सन्चालक राजन बिसीका अनुसार बिरामी भर्ना, प्रयोगशाला परीक्षण, अपरेसन, औषधि र रक्त परीक्षणमा छुट सुविधा उपलब्ध हुनेछ । साथै कार्यक्रममा तिहार तथा छठपर्वको शुभकामना पनि आदान प्रदान गरिएको थियो ।
लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा खजुरा गाँउपालिकाका उपाध्यक्ष मन्जु मल्ल लगायतको उपस्थिती रहेको थियो । समाजले यस अभियानमार्फत समाजका सदस्यहरूलाई नियमित स्वास्थ्य जाँच र उपचारमा सहज पहुँच गराउने उद्देश्य राखेको जनाएको छ।





