डुडुवा, असोज – डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नारायणबहादुर विष्ट आउनु भएको छ । विष्टले बुधबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । पालिका कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा अध्यक्ष नरेन्द्रकुमार चौधरीले राजनितिक रुपमा विपक्षीहरुले मेरो व्यक्तीगत चरित्र हत्या गर्ने किसिमको बदनाम गरेको भन्दै डुडुवाको समग्र विकास र मालिकहरुको सेवाका लागि सधैं अघि बढिरहेको बताउनुभयो ।

उहाँले केही व्यक्तीहरुको नीजि स्वार्थ पुरा नभएपछि आन्दोलनको नाममा मेरो विरुद्ध विभिन्न भ्रमपुर्ण सूचना भाईरल गरेको भन्दै मैले मालिकको लागि गरेको काम र विकास सबैको अगाडी छर्लङ्ग रहेको स्पष्ट पार्नुभयो ।राजनितिक रुपमा मेरो प्रतिद्धन्द्धी भएर निर्वाचनमा पराजय व्यहोरेका व्यक्तीले अनावश्यक रुपमा पालिकालाई नै बदनाम गर्न लागेको अध्यक्ष चौधरीले बताउनुभयो ।  पाटन नगरपालिका बैतडीबाट सरुवा भएर आउनु भएका विष्ट यस अघि करिब १३ वटा स्थानीय तहमा काम गरेको कार्य अनुभव रहेको छ । कार्यालयमा हाजिर ह“ुदै प्रमुख प्रशासकिय अधिकृत विष्टले पालिकाका सबै कर्मचारीहरुसंग परिचय तथा शाखाका काम कारवाही प्रगतिका बारेमा जानकारी लिनुभएको थियो ।