काठमाडौँ । जेनजी प्रदर्शनमा जलेका कागजपत्रको प्रतिलिपि लिनको लागि ट्राफिक प्रहरीले अनलाइन माध्यमबाटै सिफारिस दिने भएको छ । ट्राफिक कारबाहीको क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरूमा राखिएका कागजात भदौ २३ र २४ मा भएको प्रदर्शनमा उच्छृङ्खल समूहले आगजनी गरेका थिए ।
सेवाग्राहीले फारम भरेपछि ट्राफिक प्रहरी कार्यालयले क्युआर कोड सहितको सिफारिस पत्र अनलाइन माध्यमबाट नै पठाउने एसपी सुवेदीले बताए । उनले भने– ‘फारम भरेपछि प्राप्त आवेदन नम्बर चाहिँ सेवाग्राहीले नोट गरेर राख्नुपर्छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयको सिफारिस लिएर सेवाग्राहीले यातायात व्यवस्था कार्यालयमा गएर आफ्नो कागजात बनाउन सक्छन् । ट्राफिकले दिएको २४ घण्टे पुर्जी वा सिफारिस पत्र देखाएर पनि तत्कालको लागि सवारी साधन सञ्चालन गर्न सकिने एसपी सुवेदीले जानकारी दिए ।





