काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन आयोगको प्रमुख आयुक्त र दुई सदस्यहरूको पदपूर्ति गर्ने विषयमा छलफल थालेको छ ।सरकारले निर्वाचनलाई पहिलो प्राथमिकता दिएको छ । कार्की नेतृत्वकाे सरकारले संवैधानिक आयोगको पदाधिकारी मध्ये निर्वाचन आयोगमा जोड दिएको हो ।
‘खाली स्थानमा कसरी पदपूर्ति गर्ने भनेर आन्तरिक छलफल भएको हो । निर्णय त भइसकेको छैन,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । निर्वाचन आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव दिनेश थपलियाको पदावधि गत चैत ८ गते सकिएपछि अहिले उक्त पद रिक्त छ ।जेनजीहरुले सरकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सहित अन्य आयुक्त हटाउन दबाब दिइरहेकाे छ ।





